बिचरा भानु उच्च मा.वि

पहिलो पटक जेसिजकपको सेमिफाइलन प्रवेश गरेको श्री भानु उ.मा.वि फाइनल प्रवेशका लागि जेसिज कपको सर्वाधिक सफल बिधालय न्यू वेष्ट प्वाइन्ट उ.मा.वि. सँग भएको खेलमा १४-० को फराकिलो अन्तरले पराजित हुन पुगेको छ । जेसिज कपको इतिहासमै यो अहिलेसम्मको सबभन्दा ठूलो अन्तरको जित/हार हो ।

जिल्लामै सबभन्दा ठूलो खेलमैदान भएर पनि त्यसको समुचित प्रयोग गर्न नजान्दा तथा विधालयमा अध्यापनरत शिक्षकशिक्षीकाहरूले विधार्थीहरूको सर्वागिङ विकासमा भन्दा राजनीतिमा बढि सक्रिय हुँदा यो हविगती भएको हो । साथै यस बिषयमा स्वतन्त्र लेखक नीराजन शिरीषले टिप्पणी गरेका छन् – खेलकुद वा अन्य अतिरिक्त कृयाकलापहरूमा अभिभावकहरूले आफ्ना नानीबाबुहरूलार्इ वातावरण नदिने तथा शिक्षक एवं विध्यालय ब्यवस्थापनले यस तर्फ कुनै पनि चासो नराख्नाले यो हविगति बेहोर्नु परेको हो ।

Leave a comment